काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र पुरानो बानेश्वरस्थित नोवल कलेज अफ हेल्थ एण्ड एजुकेशन फ्रन्टलाइन हस्पिटलबीच नगद रहित (क्यासलेस) उपचार सेवा प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र फर्नटलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतासँगै आइजीआई प्रुडेन्सियलबाट स्वास्थ्य बीमा सेवा लिएका ग्राहकहरूले आफ्नो बीमालेखको सीमाभित्र फर्नटलाइन हस्पिटलमा नगद तिर्नु नपरी सिधै उपचार सेवा प्राप्त गर्न सक्ने भएका छन् ।
कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले बीमालेखको सीमा अनुसार सेवा प्राप्त गर्न सकिने भन्दै अस्पतालसँग आबद्ध सदस्यहरूलाई आइजीआईको सबै निर्जीवन बीमा सेवा प्रयोग गर्न आह्वान गरे ।
त्यसैगरी, अध्यक्ष न्यौपानेले बीमासँग सहकार्य बढ्दै गइरहेको र छिटोछरितो सेवाको अनुभवले ग्राहक सन्तुष्टि बढेको उल्लेख गर्दै आगामी दिनमा सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए ।