लोकसेवा आयोगको वार्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौं । संघीय लोकसेवा आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । 

आयोगले परीक्षार्थीको सहजताका लागि पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै आइरहेको छ । आयोगले संघीय निजामती सेवा, स्वास्थ्य सेवा, सुरक्षा निकाय तथा विभिन्न सङ्गठित संस्थाहरूको पदपूर्तिको समय तालिका निर्धारण गरेको हो । 

आयोगले सार्वजनिक गरेको  कार्यतालिका २०८२ साल साउन १ गतेदेखि लागू भएको छ ।  

नयाँ क्यालेन्डरअनुसार अब कुन पदको विज्ञापन कहिले खुल्ने, जाँच कहिले हुने र नतिजा कहिले प्रकाशन गर्ने भन्ने कुरा पूर्वनिर्धारित भएको छ । 

आयोगको वार्षिक क्यालेण्डरले गर्दा इच्छुक प्रतियोगीहरूलाई जाँचको तयारी गर्न थप सहज हुने  देखिन्छ । 
 

Share News