काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जग्गाको विवरण पठाउन मातहतका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । अस्पतालको नाममा रहेको जग्गा अतिक्रमण भएको गुनासो आएपछि २२ वटा स्वास्थ्य संस्थालाई पत्र पठाएर जग्गाको विवरण पठाउन भनेको हो ।
मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, औषधी व्यवस्था विभाग, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलाई पत्र पठाएर संस्थाको नाममा कति जग्गा दर्ता छ र सबै प्रयोगमा छ वा छैन भन्ने विवरण मागेको छ ।
यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकु, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र , भेरी अस्पताल नेपालगञ्ज,भरतपुर अस्पताल चितवन नारायणी अस्पताल वीरगञ्ज, लगायत विभिन्न २२ संस्थालाई पत्र पठाएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशन दिएपछि मन्त्रालयले मातहतका विभाग केन्द्र, अस्पताललाई विवरण मागेको हो । मन्त्रालयले सात दिनभित्र जग्गा प्रयोग भए, नभएको सबै विवरण मन्त्रालयमा पठाउन भनेको छ ।