काठमाडौं नेशनल मेडिकल कलेज पुन: सञ्चालनमा, प्राइभेटभन्दा सस्तो सेवा दिने दावी


काठमाडौं । काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले  उक्त अस्पतालको उद्घाटन गरे । उनले  स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा एक सकारात्मक र स्वागतयोग्य कदम रहेको बताए। 

८ वर्षअघि नै अध्यापनको लागि सम्बन्ध पाएको यो कलेजले सेवा दिन पाएको थिएन । अहिले एक सय शैयाको स्वीकृति लिएर अस्पताल सञ्चालन भएको हो । 

कलेजले अबको केही वर्षमा पाँच सय शैयाको अस्पतालसहित एमबीबीएस तथा एमडी कोर्ष गर्ने लक्ष्य लिएको छ। 

निजी मेडिकल कलेज संघका पूर्वअध्यक्षसमेत रहेका बसुरुद्दिन अन्सारीले २०६८ सालदेखिको प्रयासपछि कलेज अस्पताल सञ्चालनमा ल्याउँदा खुसी भएको बताए । 

null

उनले अब गुणस्तरमा कुनै पनि हामी कम्प्रोमाइज नहुने दाबी गरे ।  ‘हाम्रो सिद्धान्त नागरिकले सस्तो, राम्रो, बलियो, भरपर्दो सेवा पाउन् भन्ने हो,’ उनी भन्छन्, ‘अब कुनै हालतमा क्वालिटीमा कम्प्रोमाइज हुनेवाला छैन । पैसाको कुरा गर्नुहुन्छ भने हामीले सबैभन्दा सस्तो सरकारीभन्दा १० प्रतिशत बढी र  प्राइभेटभन्दा धेरै सस्तो सेवा दिनेछौं।’ 

अन्सारीले गरिब निमुखा र असहायको लागि पनि अस्पतालमा विशेष व्यवस्था गरिएको पनि दाबी गरेका छन् । 
उनले यो अस्पताल पुनः सञ्चालनमा ल्याउनुको मुल उद्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु भएको बताए ।

nullआजदेखि सञ्चालनमा आएको नेशनल मेडिकल कलेजमा अनुभव टोली छ । नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेशनल मेडिकल कलेजको सञ्चालन ल्याएको हो ।

ओपीडी निःशुल्क

काठमाडौं नेशनल मेडिकल कलेज फेरि सञ्चालन गरेको अवसरमा अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको छ ।  अर्को सूचना जारी नहुँदासम्म निरन्तर उपलव्ध हुने जनाइएको छ । 

अस्पतालले अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको जनाएको छ । 

केही दिनसम्म विशेषज्ञ सेवाअन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोनी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक–कान–घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ । 

null

अबदेखि अस्पतालमा एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड एक्सरे र फिजियोथेरापी सेवामा पनि छुट दिइने छ भने आपतकालीन सेवा २४ सै घण्टा सञ्चालनमा रहने छ ।  फार्मेसी सेवा भने अस्पताल परिसरमै उपलब्ध गराइने छ ।

बसुरुद्धिनले स्वास्थ्य मन्त्रालयबाट कुनै अनुमति नलिइ अवैध रूपमा सञ्चालन भएको थाहा भएपछि यो अस्पताल बन्द गराइएको थियो । तर बसुरुद्धिन अवैध नभइ विशेष कारणवश गोविन्द केसीको अनसनबाट  बन्द गर्नु परेको बताउँछन् ।

‘पहिले केही प्राविधिक समस्याहरू थिए, चलिसकेको अस्पताल रोक्नुपर्यो, फेरि चिकित्सा शिक्षा आयोगले अर्कै बार लगाइदियो र हामी बीचमा हराएजस्तै भयौं । अब हामी गुणस्तरीय र सस्तो सुलभ सेवा प्रदान गर्नेछौं,’ उनले भने । 

उनले अब सबै सरकारी प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याएको बताए।

null

Share News