काठमाडौं । सरकारले एमबीबीएस बिडीएसको सिट संख्या बढाउने भएको छ । बिहीबार बसेको चिकित्सा शिक्षा आयोगको बैठकले मेडिकल कलेजको पूर्वाधार हेरेर सिट संख्या बढाउने निर्णय गरेको हो ।
अब अहिले एक सय सिट संख्या रहेको कलेजले एक सय ३० र ५० सिट रहेको बीडीएसमा ६० जना विद्यार्थी भर्ना गर्न पाउने भएका छन् । विराट मेडिकल कलेज , चितवन मेडिकल कलज, नोबेल, नेपालगञ्ज, युनिभर्सल, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल १ सय ३० बढको छ भने मणिपाल, जीएमसी ले १२० सिट पाउने जनाइएको छ । यस्तै, देवदह मेडिकल कलेज ९० जनालाई पढाउन पाउने भएको छ ।
अन्य सरकारी तथा प्रतिष्ठान को स्रोत सुनिश्चित भएपछि मात्रै बढ्ने बताइएको छ । सरकारले यसअघि नै निजी मेडिकल कलेजसँग सिट बढाउने सहमती गरेको थियो ।
निजी मेडिकल कलेजमा कार्यरत पीजि चिकित्सकहरूले सुरक्षाभत्ता बढाउनुपर्ने माग गर्दा निजी मेडिकल कलेजले सिट संख्या बढाउनुपर्ने अडान राखेको थियो ।