काठमाडौं । मंगलबारको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका ३३ जना प्रदर्शनकारीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।
यसअघि सोमबार र मंगलबार देशभर भएको प्रदर्शनमा २१ जनाले ज्यान गुमाएका छन् । तीमध्ये १९ जनाको काठमाडौंमै प्रहरीको गोली लागेर मृत्यु भएको हो ।
हालसम्म प्रदर्शनका कारण ५०० भन्दा बढी घाइते भएको अनुमान छ । घाइतेहरूलाई त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।