‘स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न मिल्ने अवस्थामा छैन’

काठमाडौं । जेनजी आन्दोलनकाक्रममा भदौ २४ गते जलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोग गर्न मिल्ने अवस्थामा नरहेको पाइएको छ ।

नेपाल इन्जिनियर्स एशोसिएशनले गरेको निरीक्षणकाक्रममा मन्त्रालय जलेर ध्वस्त भएको र तत्काल प्रयोग गर्न मिल्ने अवस्थामा नरहेको पाइएको हो । दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको आफूहरुको प्रारम्भिक निरीक्षणले देखाएको अध्यक्ष बरालले बताए । 

‘स्वास्थ्य मन्त्रालयको भवनको अवस्था हेर्दा यसको वाल (पर्खाल)हरूमा त्यति क्षति नभएपनि अरु टोटल्ली क्षति भएको अवस्था छ । जसले गर्दा यसलाई हाललाई प्रयोग गर्न अत्यन्त जोखिम छ’, एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले भने ।

उनले सर्वोच्च अदालतको पनि उत्तरतिरको भाग कामै नलाग्ने अवस्थामा रहेको बताए भने दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको जानकारी गराए ।

एशोसिएशनले सरकारसँगको समन्वयमा जेनजी प्रर्दशनकारीहरूले तोडफोड र आगजनी गरेका सरकारी तथा निजी भवनहरूको निरीक्षणको कामलाई तिब्रता दिएको छ । अध्यक्ष बरालले ७ वटै प्रदेश कार्यालयहरूबाट आफूहरूले सो कामलाई निरन्तरता दिइएको बताए।

Share News