काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय आजदेखि खुल्ने भएको छ । शेयर कारोबार भने आज पनि नखुल्ने नेप्सेले जनाएको छ ।
नेप्सेले एक सूचना जारी गर्दै सेयर बजार भने आज असोज २० गतेबाट खुल्ने जानकारी गराएको हो । सरकारले निरन्तर वर्षालाई ध्यानमा राखेर असोज १९ र २० गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो राति १० बजे सूचना जारी गर्दै हाल मौसममा सुधार हुँदै भएको र जोखिमको अवस्था कम हुँदै गएकाले आजबाट सार्वजनिक कार्यालय, संस्थान र स्थानीय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुलाउन निर्देशन दिइसकेको छ ।
सार्वजनिक विदा खारेज भएसँगै आजबाट धेरैजसो सरकारी कार्यालयहरू, बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।