आज मात्रै हेलिकप्टरबाट ४ जना गर्भवतीको उद्धार

काठमाडौं । नेपाली सेनाको हेलिकप्टरबाट ४ जना गर्भवतीको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत आज ४ जना गर्भवतीको उद्धार गरिएको हाे ।

इलामको माइजोगमाई-५ सिरसिरे, इलामको सन्दकपुर-१ छाँगे, पाँचथरको फिदिम-१२ पुल भञ्ज्याङ र सङ्खुवासभाको भोटखोला-३ हुङगुङबाट ४ जना गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्याइएको छ ।

Share News