काठमाडौं । दोलखामा भीषण पहिरो गएको छ । दोलखाको लामाबगर-लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
लामाबगर-लप्ची जाने बाटोमा भीषण पहिरो गएको जानकारी आएको प्रहरीले जनाएको छ ।
पहिरो बिहान ९ बजे गएको प्रहरीले जनाएको छ । दोलखा जिल्लाका आन्तरिक सडकहरु अवरुद्ध भएपनि अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ ।
पहिरोको थप विवरण आउन बाँकी छ ।