बालेन शाह र सुदन गुरुङविरुद्धको जाहेरी प्रहरीले बुझ्यो, दर्ता भएन

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्ध दिएको किटानी जाहेरी प्रहरीले बुझेको छ । 

मेयर बालेन शाह र गुरुङलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसहित अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको नेतृत्वमा अखिलका नेताहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए । 

अखिलका नेताहरूले दिएको जाहेरी प्रहरीले बुझेपनि दर्ता भने भएको छैन । सरकारी वकिल कार्यालयसँग कानुनी सल्लाह लिएर मात्रै दर्ता गर्ने वा नगर्ने निर्णय प्रहरीले गर्नेछ । 

बालेन र सुदनमाथि सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरेको, निजी सम्पत्तिमा क्षति पुर्याएको र प्रहरीहरूको हत्या गरेको आरोप लगाइएको छ । 

Share News