नवीना लामा पनि विद्याको सदस्यता नवीकरणको पक्षमा

काठमाडौं । विद्या भण्डारीको नेकपा एमालेमा सदस्यता नवीकरणबारे पार्टीभित्र विभिन्न मत आउँदै गर्दा केन्द्रीय सदस्य नवीना लामा पनि भण्डारीको सदस्यता नवीकरणको पक्षमा खुलेकी छन् । 

पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै लामाले भण्डारीलाई राजनीतिको मुख्यधारमा तान्नु उचित हुने बताएकी हुन् । 

लामाले भण्डारीको सदस्यता नवीकरण अहिलेको आवश्यकता भएको बताएकी छन् । 

राजनीतिक दायित्व र इतिहासको सम्मानका लागी पनि भण्डारीको सदस्यता आवश्यक रहेको लामाले बताइन् । 

यस अघि केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुँगेलले पनि भण्डारीको सदस्यता नवीकरणको पक्षमा विचार राखेका थिए । लामा ढुँगेल पछिको अखिलका अध्यक्ष हुन्। 

Share News