काठमाडौं । ललितपुरमा ५० किलोभन्दा बढी चाँदीसहित एक जना पक्राउ परेका छन्।
बिहीबार दिउँसो सशस्त्र प्रहरीले ललितपुरको धौगलबाट भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेखलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आरोपमा सशस्त्र प्रहरी बलले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेसिन १ थान, इलेक्ट्रिक साइकल १ थान, आइप्याड १ थान र मोवाईल सेट १ थान समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार शेखले भारतबाट अवैध रूपमा चाँदी भित्र्याइ विभिन्न किसिमका गरगहना बनाएर बेच्दै आएका थिए ।
प्रहरीले शेखलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको छ ।