काठमाडौं । दर्ता नभएका पशु औषधिहरू आयात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
भेटनरी औषधि उत्पादक कम्पनी कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेड (केपीएल) का सञ्चालक हेमराज बडाल बिहीबार पक्राउ परेका हुन् ।
भन्सार शुल्क लाग्नेगरी आयात गर्न दिइएको सिफारिस पत्र कीर्ते गरेर पशु औषधिहरू आयात गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।
बडाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
२४ असोजमा उनकी श्रीमती सुना सुवेदी पनि पक्राउ परेकी थिइन् । उनको बयानको आधारमा बिहीबार हेमराज पक्राउ परेका हुन् ।