कांग्रेस बैठकमा बैशाखसम्म चुनाव सार्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निर्वाचन सार्ने प्रस्ताव आएको छ । 

पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले फागुनको सट्टा बैशाखमा निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

जारी बैठकमा बोल्दै उनले हिमाल र उच्च पहाडका १६ जिल्लामा फागुन २१ मा निर्वाचन सम्भव नहुने बताएका हुन्। 

बैठकस्थलबाटै संक्षिप्त प्रतिक्रिया दिँदै शर्माले ती १६ जिल्लामा बैशाखको अन्तिम नभई निर्वाचन गर्न नसकिने आफूले विचार प्रस्तुत गरेको बताए ।

Share News