काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता रोकिन नहुने स्पष्ट पारेका छन् ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै दुई कार्यकालको सीमा स्वयं ओलीले नै पार्टी विधानमा ल्याएको सम्झाइदिए । बास्कोटाले अब त्यसैमा अडिनु उचित हुने धारणासमेत व्यक्त गरे ।
बास्कोटाले भने, ‘दुई कार्यकालको व्यवस्था तपाईंले नै लडेर विधानमा राख्नुभएको हो, अब त्यसैलाई मान्नुपर्छ । महाधिवेशन नजिकिँदै छ, नेतृत्वको टुंगो त्यहीँ लाग्नेछ । त्यसैले विधानअनुसार अघि बढ्नुपर्छ ।’
उनले विद्या भण्डारीको पार्टी सदस्यता रोकिएको कुरामा पनि आपत्ति जनाउँदै भने, ‘विद्याजीको सदस्यता हिजो किन रोकियो । त्यो निर्णयमा म पहिले पनि असहमत भइनँ, अहिले पनि असहमत छु ।’
यसै सन्दर्भमा बास्कोटाले संसद् विघटनको घटनालाई पनि स्मरण गर्दै नेतृत्वले विगतका कार्यहरूको पनि समीक्षा गर्नुपर्ने संकेत पनि गरेका थिए ।