सेना भन्छ– जेनजी आन्दोलनमा ज्यान गुमाएका २२ जनामात्र प्रदर्शनकारी

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये २२ जना मात्रै जेनजी प्रदर्शनकारी भएको बताएको छ ।

सेनाले शुक्रबार एक पत्रकार सम्मेलनको अयोजना गरी उक्त कुरा सार्वजनिक गरेको हो । 

सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले आन्दोलनमा मृत्यु भएका मध्ये २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्।

आन्दोलनमा ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी रहेको दाबी सेनाको छ । मृत्यु भएका मध्ये तीन प्रहरी, १० कैदी र अन्य ४१ रहेको उपरथी थापाले जानकारी दिए ।

Share News