जेलब्रेकपछि ५४२ नेपाली र ६४५ विदेशी कैदी फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको जेलब्रेकपछि हालसम्म ५४२ जना नेपाली र ६४५ जना विदेशी कैदी फरार रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त आन्दोलनका क्रममा देशका विभिन्न जेलमा तोडफोड भएपछि सयौं कैदीहरू फरार भएका थिए । 

तीमध्ये अहिलेसम्म पनि १ हजार १८७ जना कैदी पक्राउ परेका छैनन् । सेनाको विवरणअनुसार  फरारमध्ये नेपाली कैदीको संख्या ५४२ र विदेशी कैदीको संख्या ६४५ रहेको छ ।

जेल तोडफोडपछि भागेका कैदीहरूमध्ये केहीलाई पछिल्ला दिनहरूमा पुनः पक्राउ गरिए पनि केही फरार रहेको सेनाले बताएको छ ।

Share News