डेडिकेटेड लाइनको बक्यौता तिर्दै उद्योग

काठमाडौं । डेडिकेटेड र टंक लाइनको सुविधा प्रयोग गरेबापत उद्योगहरूले धमाधम बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न थालेका छन् । 

लामो समयदेखि बक्यौता रहेका औद्योगिक समूहहरूले अन्ततः किस्ता तिर्न सुरु गरेका हुन् । 

सिमरास्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रीजले डेडिकेटेड ट्रंक अन्तर्गतको कुल ५ करोड ८५ लाख  रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ताका रूपमा २० लाख ९० हजार बुझाएको छ । 

त्यस्तै, वैशाखदेखि किस्ता तिर्न रोकेको परासीस्थित लक्ष्मी स्टीलले पनि पुनः तिर्न सुरु गर्दै ८४ लाख ९८ हजार रुपैयाँको किस्ता बुझाएको छ । 

केही समयदेखि किस्ता तिर्न रोकेको सर्वोत्तम सिमेन्टले पनि ४० लाख बुझाएको छ । प्राधिकरणले उद्योगहरूलाई बक्यौता तिर्न बारम्बार दबाब दिँदै आएको छ ।

Share News