काठमाडौं । काठमाडौं जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न निषेध गरिएको छ।
शुक्रबार (आज) जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक सूचना जारी गर्दै राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो ।
जिप्रकाले मर्यादित ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरेको छ ।