सुनको मूल्य तोलामा ४ हजार ८ सय घट्यो

काठमाडौं । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँ मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रू तीन हजार २७५ मा खरिदबिक्री हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।    

Share News