डा. संगीता मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, स्वास्थ्य सामग्री खरिदमा अनियमितता आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव डा. संगीता मिश्रासहित १५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आइतबार विशेष अदालतमा दर्ता गरिएको मुद्दामा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संलग्नहरूविरुद्ध कानुनी कारबाही थालिएको हो ।

डा। मिश्रामाथि स्वास्थ्य सचिव रहँदा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्दै स्वार्थअनुसार निर्णय गरेको आरोप लगाइएको छ । उनी तत्कालीन समयमा स्वास्थ्य सचिवको दौडमा रहेकी थिइन् । 

तर तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डा. विकास देवकोटालाई सचिव बनाएका थिए ।

यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि मिश्राले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । 

त्यसबेला उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी भए पनि अख्तियारले अनुसन्धान अघि बढाएपछि राजनीतिक नियुक्ति रोकिएको थियो ।

अख्तियारले दर्ता गरेको मुद्दाले स्वास्थ्य क्षेत्रमा देखिएको गम्भीर अनियमिततालाई उजागर गरेको भन्दै विभिन्न निकायले चासो व्यक्त गरेका छन्। 

अब विशेष अदालतको फैसलाले संलग्नता पुष्टि हुने वा नहुने टुंगो लाग्नेछ ।

Share News