सैन्य सुरक्षामा रहँदा मेरो फोन खोसियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले जेनजी प्रदर्शन पछि सैनिक सुरक्षामा रहँदा केही दिन आफ्नो मोबाइल सुरक्षाकर्मीले खोसेको खुलासा गरेका छन् ।

प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पहिलोपटक सम्पादकहरूसँग संवाद गर्दै उनले यस्तो खुलासा गरेका हुन् । 

भदौ २४ गते प्रदर्शन चर्किएपछि ओली सैनिक सुरक्षामा एक साता बसेका थिए । 

असोज २ गते शिवपुरी ब्यारेकबाट फर्किएका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।

Share News