नेपाल आइपुग्यो विपिनको शव


काठमाडौ । इजरायलमा हमासले बन्धक बनाइ मारिएका विपिन जोशीको शव नेपाल आइपुगेको छ ।  विपिनको शव सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । 

विपिन्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारहीरुलगायतको विमानस्थल पुगेका छन् । श्रद्धाञ्जली अर्पण  उनको सब आजै धनगढी हुँदै कञ्चनपुरको महेन्द्रगर लगिनेछ ।


सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका मध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो ।

Share News