काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन्।
आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन तयारीका विषयमा छलफल हुने भएको हो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत दलका नेताहरू छलफलमा सहभागी हुने बताइएको छ ।
अन्तरिम सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराउने घोषणा गरिसकेको छ ।
यसअगाडि राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलसँग छलफल गरिसकेका छन् । उक्त छलफलमा दोस्रो तहका नेता उपस्थित भएका थिए ।