एकैदिन तोलामा ११ हजार ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।

आइतबार सुनको मूल्य तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ र चाँदी तोलामा दुई सय ६५ रुपैयाँले घटेको हो ।  कात्तिक ३ गते सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ र त्यति नै तौलको चाँदी तीन हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   

Share News