काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउन–असोज) महिनामा ३० अर्बभन्दा बढीको कच्चा सोयाविन तेल आयात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार तीन महिनामा ३० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बराबरको सोयाविन तेल आयात भएको हो ।
सो रकम बराबरको सोयाविन तेल आयात गर्दा सरकारले ९४ करोड ९४ लाख रुपैयाँको राजश्व संकलन भएको छ । नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमध्येमा सोयाविन तेल पर्छ । तथ्यांकअनुसार असोजसम्ममा सबैभन्दा धेरै आयात हुने वस्तुमा सोयाविन तेल नै रहेको छ ।
भन्सार विभागका अनुसार अर्जेटिना, ब्राजिलगायतका मुलुकबाट सोयाविन तेल आयात हुँदै आएको छ । तीन महिनामा सबैभन्दा धेरै अर्जेटिनाबाट २४ अर्ब ६८ करोड ६८ लाख रुपैयाँको भित्रिएको छ । दोस्रो धेरै सोयाविन तेल ब्राजिलबाट ४ अर्ब ६१ करोड ८४ लाख रुपैयाँको भित्रिएको छ । त्यस्तै पराग्वेवबाट ९४ करोड ३४ लाख रुपैयाँ बराबरको आयात भएको छ ।