काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो ।
सोमबार सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । आइतबार ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको छ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।