देउवा दम्पत्ति आज सिंगापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति सोमबार सिंगापुर जाने भएका छन् । देउवासहित उनकी पत्नी आज राति ९ बजे उपचारका लागि सिंगापुर जान लागेका हुन् । 

यसअघि नै उनीहरु विदेश उड्ने तयारी गरे पनि त्यो सम्भव हुन सकेको थिएन । तर, आज भने जाने तयारीमा छन् । उनीहरुले टिकट पनि काटिसकेको बुझिएको छ । 

गत भदौ २४ गते जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई अस्पताल पुर्याएको थियो । उनीहरु लामो समय अस्पतालमै बसेका थिए । गत असोज २८ गते मात्रै उनीहरु सार्वजनिक भएका थिए । 

Share News