काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ नियुक्त भएकी छिन् । कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा खापुङलाई चयन गरेको कम्पनी सचिव यान सिं राईले जानकारी दिए ।
उनका अनुसार उनी संस्थापक सेयरधनीहरुकोतर्फबाट कम्पनीको सञ्चालक बनेकी थिइन् । फाइनान्सका अध्यक्ष गौरव बुढाथोकीले राजीनामा दिएपछि खापुङ अध्यक्षमा चयन भएकी हुन् ।
बुढाथोकीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिको अध्यक्ष र सञ्चालक समिति सदस्य दुवै पदबाट कात्तिक ९ गते राजीनामा दिएका हुन् । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले आज मंगलबारदेखि लागू हुने गरी बुढाथोकीको राजीनामा स्वीकृत गरेको उनले बताए ।
खापुङ राष्ट्र बैंकबाट अवकाश कर्मचारी हुन् । उनी विभिन्न संघसंस्थामा समेत आवद्ध रहेको बताइएको छ ।