काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य मंगलबार पनि घटेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा झरेको छ । सोमबार सुनको मूल्य तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको तोलाको २ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।