काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको नाममा लामो समयदेखि परीचित हुँदै आएको नेत्र बिक्रम नेतृत्वको दलको नाम अब कम्युनिष्ट पार्टी नेपाल हुने भएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा पार्टीको नाम परिवर्तन गरिएको हो ।
मंगलवार महासचिव चन्दसहितका नेताहरु निर्वाचन आयोग पुगेर आगामी निर्वाचनका लागि दल दर्ता गर्ने प्रक्रिया सुरू गरेका हुन् । पार्टीले चुनाव चिन्ह भने खुलाएकाे छैन ।