यसरी भयो लुबुचेमा हेलिकप्टर दुर्घटना

यात्रु नहुँदा मानवीय क्षति भएन

काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड एयरको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।

हेलिकप्टर पाइलट विवेक खड्काले चलाएका थिए । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोजित कुवँरका अनुसार हेलिकप्टर ल्याण्ड हुने बेला चिप्लिएर दुर्घटना भएको हो । उनका अनुसार हेलिकप्टरमा यात्रु नभएकोले कुनै मानवीय क्षति हुन पाएन । 

पाइलट खड्का पनि सुरक्षित रहेकाे उनले बताए । सुरुमा हेलिकप्टरबाट धुवाँ निस्किए पनि पछि त्यहाँ भएका मानिसहरुले आगो निभाएका थिए । त्यसपछि ठूलो दुर्घटना टरेको उनको भनाइ छ । 

Share News