शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अभियानअन्तर्गत चौथो भिडियो सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले चर्चित ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको छ ।

नयाँ भिडियोमा एक जिम्मेवार चिकित्सकको कथा देखाइएको छ, जसले पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक रूपमा आएको बिरामीलाई शल्यक्रिया गरेर आफ्नो पेशागत जिम्मेवारी पूरा गर्छ । उक्त दृश्यमार्फत कम्पनीले 'जिम्मेवारीको मामलामा नो कम्प्रमाइज' भन्ने सशक्त सन्देश दिएको छ ।

यसअघि, अभियानको पहिलो भिडियोमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीले आफ्नो कर्तव्यप्रतिको निष्ठा झल्काएको थियो । सो भिडियोले 'कर्तव्यको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देशसहित सामाजिक चेतना अभिवृद्धिमा जोड दिएको थियो।

त्यसैगरी दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथामार्फत 'सर्तकताको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश प्रस्तुत गरिएको थियो । उक्त भिडियोले विश्वासपात्रहरूबाट हुनसक्ने छलकपट र धोका विरुद्ध सतर्कता र विवेकको महत्वमा जोड दिएको थियो ।

तेस्रो भिडियोमा दुई साथीबीचको प्रसङ्गमार्फत 'समयको मामलामा नो कम्प्रमाइज' भन्ने सन्देश प्रस्तुत गरिएको थियो । यसमा समय व्यवस्थापन र अनुशासनको महत्वलाई जीवनका साना क्षणहरूसँग जोडेर देखाइएको थियो । ती सबै भिडियोहरू दर्शकबीच अत्यधिक चर्चित बनेका थिए ।

शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रमाइज’ भन्न जति सजिलो छ त्यतिनै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ' भन्ने सन्देश मार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ ।

Share News