काठमाडौं । पार्टीको महाधिवेशन कार्यतालिकाबारे मतभेद बढेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ ।
शुक्रबार मध्यान्ह १ बजेका लागि तय गरिएको बैठक अन्तिम क्षणमा स्थगित गर्दै आइतबार दिउँसो १ बजे बस्नेगरी सारिएको पार्टी स्रोतले जनाएको छ ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन र संस्थापन इतर पक्षबीच मतैक्य नहुँदा बैठक सारिएको जनाइएको छ ।