४ हजार ५९७ वटा विपद्जन्य घटना, ३३५ जनाको ज्यान गयो

काठमाडौं । यो वर्षको कात्तिक १५ गतेसम्म देशभर ४ हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाख यताका ती विपद्का घटनामा परेर शनिबारसम्म ३३५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने १ हजार २६४ जना घाइते भएका छन् । 

बाढीका मात्रै ३१६ घटना हुँदा ३७ जनाको मृत्यु र २७ जना बेपत्ता भएका छन् । त्यसैगरी, पहिरोका ५५० घटना हुँदा ६७ जनाको मृत्यु र ४ जना बेपत्ता तथा चट्याङका ३५६ घटना हुँदा ४४ जनाको मृत्यु, सर्प दंशका ५३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, जनावरको आक्रमणका २६९ घटनामा २५ जनाको मृत्यु र १ बेपत्ता, लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ । भारी वर्षाका ४२० घटनामा ७, आगलागीका १ हजार ६१४ घटनामा २६ र हुरीबतासका २८६ घटनामा ८ जनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिए । 

हिउँ पहिरोमा परी ९ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा २ जनाको मृत्यु भएको छ । विपदजन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।

Share News