काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार (आज) मध्यान्ह १ बजे बस्ने भएको छ । शुक्रबारका लागि तय गरिएको बैठक विवादका कारण स्थगित भएपछि आज बस्न लागेको हो ।
बैठकमा पार्टीको १५औं महाधिवेशनसम्बन्धी एजेन्डामा प्रमुख रूपमा छलफल हुने बताइएको छ । गत बैठकमा महामन्त्री र संस्थापन पक्षबीच फरक–फरक कार्यतालिका प्रस्ताव भएपछि विवाद उत्पन्न भएको थियो ।
आजको बैठक अघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेताहरूको सानो स्वरूपको बैठक बोलाई सहमति खोज्ने प्रयास गरेका छन् ।
सहमति जुटेपछि मात्रै केन्द्रीय कार्यसमिति बैठक औपचारिक रूपमा सुरु गरिने पार्टी स्रोतले जनाएको छ ।