कांग्रेसभित्र महाधिवेशनको मितिमा मतभेद, समाधानका लागि पदाधिकारीको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक ललितपुरको धोविघाटस्थित कार्यालयमा सुरु भएको छ।

पार्टीको १५औं महाधिवेशनको मितिमा संस्थापन र इतरपक्षबीच विवाद बढेपछि पार्टीको केन्द्रीय समिति बैठकसमेत अवरुद्ध अवस्थामा पुगेको छ । 

विगत दुई दिनदेखि स्थगित हुँदै आएको केन्द्रीय समिति बैठकलाई नियमित गर्ने र महाधिवेशनको मिति तोक्ने उद्देश्यले पदाधिकारीको बैठक बसे पनि अझै निकास निस्किन सकेको छैन । 

केन्द्रीय समितिको बैठक चलिरहेको अवस्थामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न नमिल्ने भएकोले पदाधिकारी बैठक बसेको पार्टीका कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

Share News