एमालेले मंसिर २७ मा ठूलो जनप्रदर्शन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले म‌ंसिर २७ गते काठमाडौँमा नेपालको इतिहासमै सबैभन्दा ठूलो जनप्रदर्शन गर्ने घोषणा गरेका छन् ।

सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले उक्त जनसभामार्फत जनता कसको पक्षमा छन् भन्ने स्पष्ट देखिने दाबी गरे ।

उनका अनुसार एमालेले देशव्यापी जनसम्पर्क अभियान सञ्चालन गर्दैछ । कार्त्तिक २२ गते सबै वडामा जनभेला, २५ गते पालिकास्तरमा जनर्याली, २९ गते जिल्लास्तरमा सभा र मंसिर ६ गते काठमाडौं उपत्यकामा विशेष सभा गरिनेछ । 

यसैगरी, मङ्सिर २७ गते ऐतिहासिक जनप्रदर्शन गरिने महासचिव पोखरेलले जानकारी दिए ।

मङ्सिर २७ को जनसभालाई एमालेको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ । जसले आगामी निर्वाचन र राष्ट्रिय राजनीतिक समीकरणमा प्रभाव पार्न सक्छ । 

पार्टी स्रोतका अनुसार उक्त कार्यक्रममा देशभरबाट लाखौं कार्यकर्ता र समर्थकहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

Share News