प्रधानमन्त्री कार्कीको आह्वानमा मन्त्रालयगत प्रगतिबारे समीक्षा बैठक जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मन्त्री र सचिवहरूको संयुक्त बैठक सिंहदरबारमा जारी छ।

वर्तमान सरकार गठनपछि भएका कार्य प्रगतिबारे जानकारी लिन प्रधानमन्त्री कार्कीले संयुक्त बैठकको आह्वान गरेकी हुन् ।

बैठकमा मन्त्रालय तथा सम्बन्धित निकायका सचिवहरूले आफ्ना–आफ्ना क्षेत्रका प्रगति विवरण प्रस्तुत गर्ने क्रम जारी छ । 

प्रधानमन्त्री कार्कीले सरकार गठनपश्चात चालिएका नीतिगत, प्रशासनिक र विकासका कामहरूको मूल्यांकन गर्दै आगामी दिनमा सुधारका उपायबारे निर्देशन दिने बताइएको छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार बैठकको उद्देश्य सरकारी कामकारबाहीमा देखिएका कमजोरी पहिचान गरी प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु हो ।

उनले मन्त्रालयहरूले लिएका प्राथमिकतामूलक परियोजना र जनसेवासँग सम्बन्धित काममा तीव्रता ल्याउन विशेष जोड दिने जनाइएको छ ।

Share News