बञ्चरेडाँडामा रात्रीकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान कार्य सुरु

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा रात्रीकालीन फोहोर व्यवस्थापनलाई सहज बनाउन बत्ती जडानको काम सुरु भएको छ । 

नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले सोमबार साइटमा बत्ती जडानका लागि आवश्यक पर्ने सामग्री पुर्याइसकेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्याण्डफिल्ड साइटको स्थलगत निरीक्षण र स्थानीयहरूसँगको अन्तक्र्रियाका क्रममा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तत्काल बत्ती जडान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई बत्ती जडानका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी तत्काल अघि बढाउन निर्देशन दिइएको हो ।

यसै क्रममा फोहोरबाट निस्कने लिच्चड (दूषित रस) व्यवस्थापनका लागि आवश्यक पम्प पनि साइटमा आपूर्ति भइसकेको छ ।

स्थानीय सरोकार र प्रतिबद्धता कार्यान्वयनका लागि शहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीय प्रतिनिधिहरू सहभागी रहने गरी एक संयन्त्र ९समिति० गठन गरिएको छ ।

यो समितिले ल्याण्डफिल्डको नियमित अनुगमन गर्दै फोहोर व्यवस्थापन, सरसफाइ, र वातावरणीय प्रभाव न्यूनीकरणका विषयमा निगरानी गर्नेछ ।

Share News