काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चलाउने विरुद्ध मुद्दा दायर गरेको छ । विभागले जिल्ला अदालत काठमाडौंमा सो कम्पनीका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको हो ।
चलाउनेले २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
अभियोगमा खरिदको कूल मूल्य समेत गर्दा हुन आउने कूल रकम १ अर्ब ४५ करोड ५४ लाख ३ हजार ९४८ रुपैयाँ तथा अवैध तरिकाले आयात गरेको सुन ६० किलो ७१६ ग्रामको तत्कालीन मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँका दरले हुन आउने ५८ करोड ५६ लाख ९ हजार ५६८ रुपैयाँ रहेको छ ।
विभागले चलाउनेको नाममा हिमालयन बैंकमा रहेको खातामा ३ करोड ५२ लाख गरी कूल २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।