जेनजी आन्दोलनमा ७२ भन्दा बढीको मृत्यु, ४५ जना मात्रै सहिद घोषणा (नामावली सहित)

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरेको हो ।

सो आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ भन्दा बढीको मृत्यु भएको थियो । सरकारले यसअघि जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

सरकारले काठमाडौंको कीर्तिपुर नगरपालिका-२ का बुद्धिबहादुर तामाङ र काठमाडौँ महानगरपालिका-११ का ईस्वतबहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका-४ का सन्तोष विश्वकर्मा, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ का सुलभराज श्रेष्ठ र आयुष थापा, मोरङको बेलबारी नगरपालिका-११ का श्रीयम चौलागाईँ, कैलालीको धनगढी उपमहानगरपालिका-५ का गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ का योगबहादुर श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका-८ का उमेश महतलाई सहिद घोषणा गरेको हो । 

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका-१२ का असहाव आलम ठकुराई, बागलुङको बालगुङ नगरपालिका-४ का सौरनकिशोर श्रेष्ठ, बझाङको खप्तडछान्ना गाउँपालिका-७ का सुभाषकुमार बोहरा र दुर्गाथली गाउँपालिका-१ का भीमराज धामी, काभ्रेपालञ्चोकको पनौती नगरपालिका-१० का रसिक खतिवडा खत्री र तेमाल गाउँपालिका-७ का दिलनारायण तामाङ, ललितपुरको ललितपुर महानगरपालिका-७ का विनोद महर्जन, सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ का योगेन्द्र न्यौपाने, दुधौली नगरपालिका-८ का मिलन राय र तीनपाटन गाउँपालिका-६ का दिपेश सुनुवार पनि सहिद घोषित भएका छन् ।

सरकारले धनकुटाको पाख्रिबास नगरपालिका-२ का छत्रमान कुथुमी, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-२ का ओझन बुढा, उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का सारकुमार राई, नुवाकोटको ककनी गाउँपालिका-१ का शभराज बलामी श्रेष्ठ, पञ्चकन्या गाउँपालिका-२ का लच्छुमान राई र तादी गाउँपालिका-३ का धिरज श्रेष्ठ, सर्लाहीको लालबन्दी नगरपालिका-५ देवकुमार सुवेदी, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-३ का प्रविण कुलुङ, चितवनको कालिका नगरपालिका-८ का निखिता गौतम, दोलखाको शैलुङ गाउँपालिका-४ का अभिषेक चौलागाईँ र विगु गाउँपालिका-३ का महेश बुढाथोकी, सिरहाको लहान नगरपालिका-१५ का विजय चौधरी तथा बैतडीको दशरथ नगरपालिका-६ का निरज पन्त र शिवनाथ गाउँपालिका-२ का दीपकसिंह साउदलाई सहिद घोषणा गरेको हो । 

त्यसैगरी, सुनसरीको इनरुवा नगरपालिका-६ का अभिषेक श्रेष्ठ, धरान उपमहानगरपालिका-२२ का साजन राई र इटहरी उपमहानगरपालिका-१४ कमा मोहन सरदार, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-४ का माधव सारु मगर र गोरखाको बारपाक सुलिकोट गाउँपालिका-५ का बिमलबाबु भट्ट, गण्डकी गाउँपालिका-४ का अर्जुन भट्ट र पालुङटार नगरपालिका-२ का अनिश पराजुली, झापाको अर्जुनधारा नगरपालिका-११ ज्ञानिन्द्र सेढाईँ र वडा नं ८ का दिनेश राजवंशी, पाँचथरको हिलिहाङ गाउँपालिका-२ का कमल भण्डारी, कास्कीको रुपा गाउँपालिका-५ का अमृत गुरुङ र दार्चुलाको लेकाम गाउँपालिका-३ का उत्तम थापालाई सहिद घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ । 

Share News