पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाइन् नागरिकताको प्रतिलिपि

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रतिलिपि नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । 

जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा भएको तोडफोड र आगजनीका क्रममा उनको नागरिकता प्रमाणपत्रसमेत जलेको थियो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई उनले मंगलबार ९आज० प्रतिलिपि नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए। 

उनले भने, ‘उहाँको पुरानो नागरिकताको प्रमाणपत्र जलेको रहेछ र कार्यालयको भौतिक अभिलेख पनि क्षतिग्रस्त भएको थियो । त्यसपछि हामीले विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको फोटोकपी र डिजिटल अभिलेख मिलाएर सत्यापन गर्यौं र त्यसैको आधारमा नयाँ प्रतिलिपि नागरिकता जारी गरिएको हो ।’

पूर्वराष्ट्रपति भण्डारीको नागरिकता जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता रहेको थियो । 

Share News