काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरु पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । राष्ट्र बैंकले किरण पण्डितलाई जिम्मेवारीबाट हटाएर पौडेललाई थप जिम्मेवारी दिएको हो ।
२०५९ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, बैंक सुपरीवेक्षण विभाग लगायतको नेतृत्व गरेको अनुभव छ ।
हाल उनी मानव संशाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।