मंसिर २४ गते एमालेले ‘घर फर्क अभियान’ सञ्चालन गर्ने

काठमाडौं । नेकपा एमालेले ‘घर फर्क अभियान सञ्चालन गर्ने भएको छ । विगत केही समयदेखि एमालेसँगको आवद्धतामा नरहेका पूर्वएमालेहरूलाई पार्टीमा फर्काउन अभियान सुरु गर्न थालिएको एमालेका नेताहरूले बताएका छन् ।

एमाले नेता महेश बस्नेतका अनुसार मंसिर २४ गते एक कार्यक्रमका बीच उक्त अभियान सुरु हुनेछ । 

एमालेबाट विभिन्न समयमा पार्टीबाट अलग्गिएका नेता कार्यकर्ताहरूलाई फेरि एमालेमै फर्काउन उक्त अभियान सुरु गर्न थालिएको बस्नेतले जानकारी दिए ।

पछिल्लो समय विघटित नेकपा एकीकृत समाजवादीका धेरै नेता तथा कार्यकर्ताहरूले एमालेमै फर्कने चाहना गरेकोले उक्त कार्यक्रम सन्चालन गर्न थालिएको हो । 

एमाले अध्यक्ष केपी ओली निकट नेताहरूका अनुसार १ सय ५० भन्दा धेरै विघटित नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरू एमालेमा प्रवेश गर्न इच्छुक रहेका छन् । आजमात्रै ५० जना नेताहरूले एमाले अध्यक्ष ओलीलाई भेटेको बस्नेतले जानकारी दिए । 

मंसिर २४ लाई एमालेबाट विभिन्न कालखण्डमा बाहिरिएकाहरूलाई घर फर्काउने महाउत्सवको रूपमा मनाइने बस्नेतको भनाइ छ ।
 

Share News