कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व असुली

मुस्ताङ । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ३ अर्ब २ करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । 

भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । 

यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्याएका छन्। 

बाढी-पहिरोले तातोपानी र रसुवागढी नाका  अवरुद्ध भएपछि कोरला नाकाबाट चीनसँगको मुलुकको आयात/निर्यात जारी छ । 
 

Share News