काठमाडौं । सुनको मूल्य उकालो लाग्न थालेको छ । अघिल्लो दिन बिहीवार ६०० रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६ सय रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४ सय कायम भएको छ । बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८ सय पुगेको थियो ।
सुनको मूल्यसँगै चाँदीको पनि मूल्य बढेको छ । महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको ३ हजार २० रुपैयाँ पुगेको हो ।
दशैं–तिहार अघिसम्म सुनको भाउ निरन्तर बढे पनि बीचमा सुनको भाउ घट्न थालेको थियो तर फेरि दुई साता अघिबाट भाउ बढ्न थालेको छ ।