एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त  भएका छन् ।

भट्टराईलाई संस्थापक समूहको प्रतिनिधि सञ्चालकका रूपमा नियुक्त गरिएको हो । यो निर्णय एनआईसी एशिया बैंकको सञ्चालक समितिको सिफारिसअनुसार भएको हो।

नवनियुक्त सञ्चालक भट्टराईले संस्थाका अध्यक्ष प्रकाशराज शर्मासमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।

कार्त्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी वार्षिक साधारण सभासम्मको लागि उक्त पदमा नियुक्त गरेको जनाएको छ । 

यसअघि यो पदमा सुमन थपलिया संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए।

बैंकिङ क्षेत्रमा १६ वर्षको अनुभव रहेका भट्टराई हाल एनआईसी एशिया बैंकमा कृषि तथा संस्थागत कर्जा प्रमुख पदमा कार्यरत छन् ।

सञ्चालकमा उनको नियुक्तिले संस्थाको नेतृत्व र वित्तीय दृष्टिकोणमा नयाँ ऊर्जाको थप अपेक्षा गरिएको छ ।

Share News