कांग्रेस केन्द्रीय समितिमा मंसिर २४ देखि विशेष महाधिवेशनको प्रस्ताव पेश

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गतेदेखि विशेष महाधिवेशन सुरु गर्ने प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको विधानअनुसार उक्त मितिमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका हुन् ।

उनका अनुसार नेपाली कांग्रेसको विधानको धारा १७ को २ मा उल्लेखित व्यवस्थाअनुसार विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ । 

आचार्यले मंसिर २४ गते महाधिवेशन सुरु गर्न सुझाव दिएका हुन् । उक्त दिन नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्मदिनसमेत हो ।

यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरिएको थियो । त्यसै मागका आधारमा अहिले केन्द्रीय समितिमा विशेष महाधिवेशनको प्रस्ताव गरिएको नेताहरूले बताएका छन् ।

Share News